आगलागीमा परी २२ घर जलेर नष्ट

आगलागीमा परी २२ घर जलेर नष्ट

झापा, पुस १३
झापाको मेचीनगर नगरपालिका–६ गोसलाईनमा भएको आगलागीमा परी २२ घर जलेर नष्ट भएका छन् ।

बिहिवार बेलुका साढे ८ बजेको समयमा स्थानीय छबिलाल आङ्दम्बेको घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा सो वस्तीमा रहेका २२ घर जलेर नष्ट भएका हुन् ।

उक्त आगलागी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोली, शशस्त्र प्रहरी, नेपाली सेना , मेचीनगर , भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा राती ९ बजेर ४५मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट के कती क्षति भयो भन्ने सम्बन्धमा बुझ्ने कार्य जारी रहेको छ भने आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.