विराटनगर,पुस १३
विराटनगर तीनदिने विद्युतिय खरिद प्रकृया सम्बन्धि प्रशिक्षण सुरु भएको छ । ईन्जिनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा सुरु भएको प्रशिक्षणमा ३५ जना ईन्जिनियरहरु सहभागी भएका छन् ।
नेपाल सरकारले बोलपत्रमा विद्युतीय एकद्वार प्रणाली लागू गरेपछि त्यस बिषयमा ईन्जिनियरहरुलाई जानकार बनाउन प्रशिक्षण आयोजना गरिएको डिप्लोमा ईन्जिनियर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष रामसुवरण चौधरीले जानकारी दिए ।
विद्युतीय खरीद प्रकृयाको सम्बन्धमा सम्पूर्णरुपले जानकार नभएका कारण ईन्जिनियरहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए ।
प्रशिक्षणमा संघीय आयोजना कार्यालय झापाका ईन्जिनियर विनोद सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडांैका सिनियर डिभिजनल ईन्जिनियर कृष्णराज पन्तले सहभागिलाई प्रशिक्षण दिने जनाइएको छ ।
प्रशिक्षणमा निजामति सेवाका ईन्जिनियरसहित, गैरसरकारी संस्था, निर्माण क्षेत्र र कन्सल्टेन्सीमा कार्यरत ईन्जिनियरहरु सहभागि छन् । प्रशिक्षण पुस ३० गते समापन हुनेछ ।