विराटनगर,पुस १३
मोरङको कटहरी गांउपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढदै गएका कारण जेष्ठ नागरिकले सामना गर्नुपरिरहेको समस्यालाई ध्यान दिदै कटहरी गाउँपालिकाले पालिकाभरिका जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गर्न थालेको हो ।
गाउँपालिकाको वडानम्बर ४ का जेष्ठ नागरिकहरुलाई ब्ल्यांकेट र बिस्कुट वितरण गरिएको छ । सो वडामा रहेका ७० बर्षमाथिका १ सय ५० जना एकल र जेष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष मन्टु शेखले जानकारी दिए ।

गांउपालिकामा रहेका ८ सय जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्ने उद्देश्यले गाउँपालिकाले ५ लाखको बजेट विनियोजन गरेको गांउपालिकाका प्रमुख रामकुमार कामतले जानकारी दिए । उनले गांउपालिकाका ७ वटै वडामा न्यानो लुगा वितरण गरिने बताए ।