बोक्सी आरोपमा सानीमाबाटै डामिइन् किशोरी

बोक्सी आरोपमा सानीमाबाटै डामिइन् किशोरी

काठमाडौं : ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’

यो कुनै कथाको पात्रको भनाई होइन। सुर्खेत वीरेन्द्रनगर २ की १८ वर्षीया अमृता वुढाको पीडा हो । बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

शरीरभरी तातो पन्यूँले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन । एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ ।

पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन् । तर किशोरीले भने न्याय मागेकी छन् । घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् । प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.