हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा एकको मृत्यु

हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा एकको मृत्यु

रुकुम : रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका १२ गर्खानीमा हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–१० तकबाट १२ नम्बर वडाको कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नम्बरको ट्याक्टर वडा नम्बर १२ गर्खानीमा पल्टिँदा रुकुम पूर्व भूमे गाउँपालिका–१, पञ्चासेका १६ बर्षी विस्मत गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

दुर्घटनामा रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका दिलिपि विक घाइते भएका छन् । घाइते विकको जिल्ला असस्पताल सल्ले रुकुम पश्चिममा उपचार भैरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.