निजामती विधेयक मस्यौदा तयार, पुन: केन्द्रमा आउन पाउने बाटाे खुला

निजामती विधेयक मस्यौदा तयार, पुन: केन्द्रमा आउन पाउने बाटाे खुला

काठमाडौं : कर्मचारीका मुख्य मागलाई सम्बोधन गर्ने गरी सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ।,याे खबर आजकाे राजधानी दैनिकमा छ।

सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रमा आउन सक्ने गरी सबै किसिमका बढुवा प्रणालीमा सहभागी हुन पाउने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको हाे।

सरकाले प्रदेश र स्थानीय तहमा समायोजन भई जाने कर्मचारीलाई खुला प्रतियोगिता, अन्तरसेवा प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादनका आधारमा संघमा आउन सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो।

मस्यौदामा हाल रहेको उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउने १० प्रतिशत पद यथावत राखिएको छ। कर्मचारीको उमेर हद दुई वर्षपछि लागू हुने गरी ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ। हाल कर्मचारीको उमेर हद ५८ वर्ष छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.