भोजपुर,पुस १४
भोजपुरको देउरालीमा यात्रुवहाक बस दुर्घटना हुँदा एकको मृत्यू भएको छ । भोजपुर सदरमुकाको बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस देउरालीको चौकछेउमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ ।
बसमा सवार यात्रुमध्ये चालक सहित अन्य आठजना यात्रु गम्भिर घाईते भएका छन् । सदरमुकामबाट विहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका ३, प्याउलीकी ४९ वर्षिया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यू भएको थियो ।
१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा रामप्रसाद राई गाउँपालिका ८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका ३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भिर घाईते भएका छन ।
घाईते सबै यात्रुहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।