इन्द्रमोहन गुठीद्वारा विभिन्न ब्यक्ति पुरस्कृत

इन्द्रमोहन गुठीद्वारा विभिन्न ब्यक्ति पुरस्कृत

विराटनगर, पुस १४
इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा आज आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो ।

लामो समयदेखि कविता लेखनमा सक्रिय कवि विश्वमोहन श्रेष्ठलाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’, पत्रकार रमेशचन्द्र अधिकारीलाई ‘ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार’ र गायिका देविका वन्दनालाई ‘ओम–इन्द्रमोहन स्मृति गीतसंगीत पुरस्कार समर्पण गरिएको थियो ।

वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर टंक न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर तीनैजना व्यक्तिलाई जनही १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए । गुठीले हरेक वर्ष कला, साहित्य, संगीत र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.