चिसोका कारण देशभरको जनजीवन प्रभावित, चिसो अझै बढ्ने

चिसोका कारण देशभरको जनजीवन प्रभावित, चिसो अझै बढ्ने

विराटनगर, पुस १५
केही दिन यता देशभर अत्याधिक चिसो बढेको छ । बढ्दै गएको चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । मौसमविद् सुजन सुवेदीका अनुसार उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.