आगलागी स्थानमै एकीकृत बस्ती

आगलागी स्थानमै एकीकृत बस्ती

सुर्खेत : कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ।

प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमुना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अगाडि बढाइसकेको छ।

पुस ८ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेका थिए।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.