काठमाडौँ, पुस १५
नक्कलि गहनालाई सक्कली भनि ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका –३२ कोटेश्वरको पेप्सीकोला एरीयाबाट ललितपुर–१२ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरिएको हो ।
रवि तामाङ्ग लगायतका व्यक्तिहलरुाई सुन जस्तो देखिने पहँेलो धातु (नक्कली सुन)का बेरुवा औठी, विभिन्न डिजाईनका सिक्रीहरु देखाई सुनको गहनाहरु हो भन्दै झुक्याएर ठगी गरेको आरोपमा उनलाई पुस १२ गते पक्राउ गरिएको हो ।
पेप्सीकोलामा बा ८२ प ५६८८ नं को मोटरसाईकल सहित फेला पारी निजको शरिर तथा बस्ने कोठा समेत खानतलासी गर्दा सुन जस्तो देखिने (नक्कली सुनका ) गहनाहरु समेत फेला परेकोले उनलाई लाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
उनले नक्कली गहना दिई रवि तामाङ्गको रु.दुई लाख र रमेश मगरको एक लाख नब्बे हजार ठगी गरेको भनि जाहेरी दरखास्त समेत परेको हुँदा ठगी मुद्धामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप लिई अन्य अनुसन्धान कार्य जारी रहेको ।
उनको कोठाबाट सुन जस्तो देखिने धातुको सिक्री १० थान, सुन जस्तो देखिने धातुको बेरुवा औठी ३२ थान,सुन जस्तो देखिने धातुको सादा ब्रासलेट १ थान, सुन जस्तो देखिने धातुको कानमा लगाउने रिङ्ग १ जोर, सुन जस्तो देखिने धातुको कानमा लगाउने टि– १ जोर सुन जस्तो देखिने धातुको विभिन्न किसिमको औठी ५ थान,चाँदीको जस्तो देखिने धातुको सिक्री थान १ बरामद गरिएको छ ।
त्यस्तै विभिन्न साईजको पत्थर ७ थान,विभिन्न व्यक्तिह?को नेपाली नागरिकता प्रमाण पत्र ११ थान, विभिन्न व्यक्तिहरुको सवारी चालक अनुमती पत्र २ थान, विभिन्न किसिमका मोवाईलहरु ४ थान,१२० नगद रु १६,७००,१३० बन्यजन्तुको दात जस्तो देखिने सेतो दारा १ थान, जाहेरवाला रमेश मगरले पेश गरेको गहनाहरु, सुन जस्तो देखिने धातुको सिक्री ६ थान, सुन जस्तो देखिने धातुको बेरुवा औठी १२ थान बरामद गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।