विराटनगर इनोभेटिभले पोखरीया स्कुलमा जोडिदियो दियो ‘आर ओ’

विराटनगर इनोभेटिभले पोखरीया स्कुलमा जोडिदियो दियो ‘आर ओ’

विराटनगर,पुस १५
लायन्स क्लब अफ विराटनगर इनोभेटिभले विराटनगरस्थित पोखरीया उच्च माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानीकालागि उपकरण जडान गरिदिएको छ ।

इनोभेटिभले विराटनगर १ मा रहेको सो विद्यालय परिसरमा आर ओ प्रबिधिको स्वच्छ खानेपानी फिल्टरिङ मेशिन जडान गरिदिएको हो । विद्यालय परिसमा जडान गरिएको फिल्टरिङ मेशिनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उदघाटन गरे ।

सो क्लबकी डाइरेक्टर पुनम गिरिले आफ्ना स्वर्गिय पिता गणेशप्रसाद गिरिको ९१ औं जन्मजयन्तिको अवसर पारेर विद्यालय परिसरमा सो उपकरण जडान गरिदिएकी हुन ।

कुल ३ लाख १२ हजारको लागतमा अत्याधुनिक प्रबिधिको वाटर फिल्टरिङ मेशिन जडान गरिएको आयोजक क्लबकी अध्यक्ष मेनुका भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा पोखरिया उच्च माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले फिल्टरिङ मेसिन जडान भएपछि विद्यालयमा अध्ययनरत १७ सय बढी विद्यार्थी र शिक्षक लाभान्वित हुने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.