भ्रष्ट्राचार विरुद्धको कथामा बनेको ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक (भिडियो)

भ्रष्ट्राचार विरुद्धको कथामा बनेको ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ, पुस १५
नेपाली चलचित्र ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौलाको अभिनय रहेका यस चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

चलचित्रमा फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव न्यौपानेको लगानी रहेको छ । चलचित्रमा रन्जु प्रधानको कथा, निर्देशक पाठकको पटकथा र संवाद रहेको छ । चलचित्र भ्रष्टाचार विरुद्धको कथामा बनेको सो चलचित्र माघ १८ गतेबाट रिलिज हुने छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.