साफ च्याम्पियनसीप आयोजनाका लागि महानगर र एन्फाबीच सम्झौता

साफ च्याम्पियनसीप आयोजनाका लागि महानगर र एन्फाबीच सम्झौता

विराटनगर, पुस  १६
विराटनगरमा आयोजना हुने पाँचौ साफ महिला फुटबल च्याम्पियनसीप लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । विराटनगरमा आज भएको सम्झौतामा फागुन २८ गतेबाट सुरु प्रतियोगिताका लािग महानगरले रंङशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ ।

कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले साफको आयोजना गर्न पाउनु नै महानगरका लागि अवसर भएको बताए । खेलको माध्यमबाट प्रदेश एकका विभिन्न पर्यटकीय क्षेत्रलाई समेत टेवा पुग्ने बताएका प्रमुख पराजुलीले काठमाडौपछि मोफसलमा आयोजना हुने लागेको पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौताका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्र्तराष्ट्रियस्तरबाट ३ सय बढि प्रतिनीधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिती रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने बताए । प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशबाट पयर्टकलाई आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाले बताए ।

महानगरले स्थानीय सहिद रङशालाको पूर्वतर्फ निर्माण भइरहेको चेन्जिङ रुमसहित रेफ्री, म्याच कमिस्नर, मेडिकल लगायतका कोठाको निर्माण कार्य निर्धारित समयभित्र पुरा गर्नेछ । त्यसैगरि, प्लयेर बक्स, रङशाला नजिकका सडक, पार्किङ, सरसफाइ इत्यादि पनि महानगरले नै गर्ने बताइएको छ ।

साथै महानगरले प्रतियोगिता सुरु हुनु १५ दिन अगावै संरचनाहरु निर्माण गरि एन्फालाई हस्तान्तरण गर्नेछ । त्यसैगरि, एन्फाले साफमा सहभागि राष्ट्रका प्रतिनीधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ । प्रतियोगिता भरका लागि गृहमन्त्रालयसंग समन्वय गर्दै शान्ति सुरुक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.