बिग बास लिग खेल्न छोडेर सन्दीप बङ्गलादेश प्रस्थान

बिग बास लिग खेल्न छोडेर सन्दीप बङ्गलादेश प्रस्थान

एजेन्सी, पुस १८
नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेललाई बीचैमा छाडेर आज बिहान बङ्गलादेश पुगेका छन् । उनी बिग बासलाई बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् ।

सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका छन् ।

सन्दीपले आगामी शनिबारदेखि शुरु हुने । बिपिएलमा स्यलहेट सिक्सर्सबाट खेल्ने छन् । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए ।

जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.