अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

विराटनगर, पुस १८
मोरङको विराटनगर महानगरपलिका–१४ बाट ६६ हजार रुपैँया बराबरको अवैध समान बरामद भएको छ ।

आज दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र साईकल ९ थान गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.