विराटनगर, पुस १८
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरिने भएको छ । अवलोकन भ्रमणका क्रममा भोली मोरङ क्याम्पसमा आउन लागेकी भण्डारीलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज इटहरीमा रहने भएकी छन् । उनी भोली पुर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा सहभागी भएर मोरङ क्याम्पस जाने योजना रहेको छ ।
उनले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिइन् । वि.सं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् ।