विराटनगर, पुस १९
यो हो पूर्वाञ्चल विश्वविद्यालय । यतिबेला दुई बजेर १७ मिनेट गएको छ । यस विश्वविद्यालयमा आज एक खास कार्यक्रमको आयोजना गरिएको छ । त्यो हो पूर्वाञ्चल विश्वविद्यालयले मनाउँदै गरेको २५ आँै जन्मजयन्ती । अर्थात रजत जयन्ती । यस कार्यक्रममा हामी रिपोर्टिङ गर्न आइपुग्दा डा. सन्देश दास श्रेष्ठले आम दर्शकलाई आफनो भाषणकलाले आफुतिर केन्द्रीत गरिरहनुभएको थियो ।
यता , रजत जयन्तीको कार्यक्रममा पाल्नुभएका अतिथी मध्ये एक जना अतिथी तथा शिक्षा मन्त्री गिराजमणि पोखरेल क्याम्पसको मुलद्वारको अगाडिमै रहेको शौचालय तिर भौतारिरहनुभएको थियो । भौतारिनुको अरु कुनै कारण थिएन मन्त्री पोखेललाई शौच लागेको थियो ।
पुर्वाञ्चल विश्वविद्यालयको सो रजत जयन्तीमा , सानो तर गम्भिर त्रुटि देखियो । त्यो थियो पुरुष शौचालयमा दिउँसै ताल्चा लगाइएको थियो । जुन यो दृश्यमा हेर्न सक्नुहुनेछ । यसरी ताल्चा लगाइएको थियो ।मन्त्री पोखेललाई यति सम्म समस्या भयो कि उहाँ महिला शौचालय तिरै जान तयार हुनुभयो । तर हामीले फोटो खिच्दै गरेको देखेर मन्त्री पोखरेल महिला शौचालय नगई क्याम्पस प्रशासन तिर आक्रोशित हुनुभयो ।
यतिमात्र होइन त्यसपछि कार्यक्रममा उपस्थित महिलाहरु शौचालय जान नै अन्कनाए किन भने सो ठाँउमा शस्त्रप्रहरीको बाक्लो उपस्थिती देखिन्थ्यिो । जसका कारण कार्यक्रममा पुगेका महिलाहरु शैचालय जानबाट बञ्चित भए ।
विश्वविद्यालयको रजत महोत्सवमा अतिथि बोलाइयो अनि शौचालयमा भने लगाईयो ताला । सामान्य तर गम्भिर यस्ता त्रुटिले पूर्वाञ्चल विश्वविद्यालय प्रशासनलाई गिज्जाईरहेको थियो । यो विश्वविद्यालय प्रशासनको गम्भिर त्रुटि हो, अबका दिनमा यस्ता त्रुटि सच्चिन जरुरी छ ।