विराटनगर, पुस १९
विभिन्न लायन्स क्लबहरुले विराटनगरका ८ जना अपाङगता भएका बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान गरेका छन् ।
बिहीवार लायन्स क्लब अफ बिराटनगर डाइनो, लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा सि बि आर, बिराटनगरमा “सपोर्ट फर डिसेबिलिटी“ कार्यक्रम मार्फत सहायक सामग्री वितरण गरेका हुन् ।

डिष्ट्रिक्ट गभर्नर लायन अनन्तप्रसाद भेटुवालले बालबालिकाहरुलाई सहायक सामग्री हस्तान्तरण गरेका थिए । लायन्स क्लबहरुले करिब १ लाख ७ हजार बराबरको व्हल्चेयर, स्टाण्ड चेयर जस्ता सामाग्री वितरण गरेको लायन्स क्लब अफ बिराटनगर डाइनोका सेक्रेटरी राजन भगतले जानकारी दिए ।
