विराटनगरको जामुनगाछीमा आगलागी

विराटनगरको जामुनगाछीमा आगलागी

विराटनगर, पुस १९
विराटनगर ४ जामुनगाछी टोलस्थित एक घरमा आज सांझ आगलागी भएको छ । स्थानीय उर्मिलालाल दासको घरमा भएको आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

साझ सवा ६ बजे भएको आगालागीबाट दासको बांसको टाटी र कर्कटपाताले बनाइएको ६ वटा कोठा र कोठा भित्र भएको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको आगलागीका कारण घरको कुनैपनि सामाग्री निकाल्न नसकिएको पिडित दासले बताइन् । आगलागी भएको घरको उत्तरतर्फ रहेको स्थानीय जानकी रमण लालको पक्की घर समेत प्रभावित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.