झापा, पुस २०
झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा बिहीबार दिउँसो कारको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
दिनको साढे २ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा १३ च ३१३८ नम्बरको कारले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–४ बस्ने २१ वर्षीय सञ्जुहाङ लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही मोटरसाईकलको पछाडि सवार ताप्लेजुङकै २५ बर्षीय सबिन फुरुम्बु लिम्बु गम्भीर घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पठाईएकोमा उनको पनि उपचारकै क्रममा सोही अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मृतक दुवै शवलाई पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । कार चालक काठमाण्डौँ महानगरपालिका–२२ का ५८ बर्षीय महेन्द्र जोशी र कार ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।