महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो !

महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो !

काठमाडौँ, पुस २०
नेपाल एअरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसकारलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले कार्यकक्षभित्रै कालोमोसो दलेको छ ।

भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुसिएका कंसकारलाई कालोमोसो दलेको क्रान्तिकारी युवा लिगले जनाएको छ । निगमका लागि दुईवटा वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा कंसाकारको संलग्नता मुख्य रहेको निष्कर्ष संसदको सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले निकालेको थियो ।

अनियमिततामा बहालवाला र पूर्वमन्त्री सहित सचिवहरूको समेत संलग्नता रहेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । संसदीय लेखा समितिले गठन गरेको उपसमितिले कंसाकार सहित बहालवाला मन्त्री रविन्द्र अधिकारी, गृहसचिव प्रेम राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही सिफारिस गरेको छ तर प्रतिवेदनमाथि समितिमा विवाद छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.