बमजनको आश्रममा प्रहरीले सुरु गर्यो अनुसन्धान

बमजनको आश्रममा प्रहरीले सुरु गर्यो अनुसन्धान

मेलम्ची,पुस २१

तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ ।

बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो ।

अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धानको शुरुआत गरिएको बताए । उनले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी थालिएको जानकारी दिए ।

मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.