महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास

महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास

हुम्ला: महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ ।

हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन्  । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ ।

फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी  पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् ।  महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उनी बताउँछिन् ।

निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताइन्  । ,गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.