सवारी नियम उल्लंघन गर्ने ७ सय ५५ वटा सवारी साधनलाई कारबाही

सवारी नियम उल्लंघन गर्ने ७ सय ५५ वटा सवारी साधनलाई कारबाही

विराटनगर, पुस २१
शुक्रबार बिहान ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सवारी नियम उल्लंघन गर्ने १ नम्बर प्रदेशका ७५५ सवारीसाधन कारबाहीमा परेका छन् ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट कारबाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १६ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ७६ जना रहेका छन् ।

त्यस्तै सवारी चालक अनुमति पत्र नभएका ३७ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने २४ जना, जथाभावी पार्किङ्ग गर्ने २४ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ५९ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १२ जना, सुरक्षा पेटी नबाधेको २१ जना कारबाहीमा परेका छन् ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका अनुसार कागज पत्र साथमा नराखेको १७८ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ९ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २९ जना, तिब्रगतिमा सवारी चलाएको ३ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २५ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३१ जना, लापरवाही साथ सवारी साधन चलाएको १६७ जना र विना रुट परमिट सवारी साधन चलाएको ३ जनासवारी चालक तथा धनीहरु ट्राफिक कारबाहीमा परेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.