NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

बिदाले नचिनेको विद्यालय, जहाँ बिदाको दिन पनि पठनपाठन हुन्छ

शनिबार पुस २१ , २०७५
Reading Time: 1 min read
A A
विद्यार्थीको विदाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बलेवा,पुस २१

अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् ।

घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ ।

LS Auto

आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन ।

जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राममा रहेको धारा माध्यमिक विद्यालयमा बिदाको दिन पनि पठनपाठन हुने गरेको छ ।

शनिबार, दशैँ, तिहार तथा शहीद दिवसबाहेक धारा माविमा सधैँ कक्षा सञ्चालन हुँदै आएको छ । सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन् ।

४५ दिन लामो वर्षे बिदा लिन पाउने व्यवस्था भए पनि धारा माविमा एक दिन पनि बिदा हुँदैन । विद्यालयले केही वर्ष पहिलेदेखि नै सार्वजनिक बिदाको समयमा समेत नियमित पठनपाठन गराउँदै आएको प्रधानाध्यापक मित्र ढकालले बताए ।

विद्यालयमा हुने नियमित पठनपाठनका कारण शिक्षकले आपत्कालीन अवस्थामा बाहेक बिदा बस्न पाउँदैनन् । विद्यालयले बनाएको नियममा शिक्षक विद्यार्थी भने खुशी छन् ।

‘बिदा हुँदा विद्यार्थी खोला, भिर पहरा तथा रुखमा खेल्न जाने र दुर्घटना हुने गरेका उदाहरण हामीसँग छन्,’ प्रअ ढकालले भने, ‘हाम्रोमा नियमित पठनपाठन हुँदा त्यो समस्या छैन ।’

विद्यालयले वर्षे बिदाका १५ दिन र अन्य सार्वजनिक बिदाको समयमा पठनपाठन गराउनका लागि शिक्षकसँग सहयोग माग्ने गरेको छ । वर्षे बिदाको एक महीना भने अतिरिक्त तलबको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

‘हामीलाई अप्ठ्यारो परेको बेला विद्यालयले बिदा आफैँ दिन्छ, साथीहरुको बीचमा मिलेर कक्षा चलाउने गरेका छौँ,’ शिक्षक भीमबहादुर विकले भने, ‘अरु बेला पठनपाठनमा सहभागी हुनु आफ्नो कर्तव्य सम्झेका छौँ ।’

विद्यालयले बिदाको दिन पढाउने शिक्षकको इच्छाशक्तिको आधारमा बीमा गरिदिने सहुलियत पनि दिएको विकले बताए ।

बिदाको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीले जिल्ला तथा राष्ट्रियस्तरमा हुने परीक्षामा राम्रो नतिजा ल्याउने वातावरण बनेको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी हुने एकाध अपवादबाहेक सबै विद्यार्थीले राम्रो नतिजा हासिल गरेको विद्यालयले दाबी गर्दै आएको छ ।

२०७३ सालमा एसइई परीक्षामा जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयले त्यसपछिका परीक्षामा पनि ८० प्रतिशतभन्दा माथिको नतिजा हात पारिरहेको छ ।

केही विद्यार्थीले सार्वजनिक बिदाका दिनसमेत पठनपाठन हुने भएका कारण विद्यालयनै छोडेको अनुभव विद्यालयसँग छ । अघिल्लो वर्ष चार जना विद्यार्थीले बिदा लिन नपाएको भन्दै अर्को विद्यालयमा जान लब्धाङ्क पत्र माग्न आएको प्रअ ढकालले सुनाए । यो वर्ष पनि एक जना विद्यार्थीले बिदा बस्न नपाएको झोकमा विद्यालय नै परिवर्तन गरेका छन् ।

सरकारले बिदा घटाएर वर्षमा १५ दिन सार्वजनिक बिदा दिएको छ । यो बिदा सरकारी सबै कार्यालयमा लागू हुने बिदा हो । जिल्लाका अन्य सामुदायिक विद्यालय हेर्ने हो भने अन्य सरकारी कार्यालयको भन्दा निकै धेरै बिदा हुने गरेको पाइन्छ तर धारा माविमा भने सरकारले तोकेका १५ दिनमध्ये दशैँमा पाँच दिन र तिहारमा तीन दिनबाहेक शहीद दिवसको दिन मात्रै बिदा हुन्छ बाँकी सबै बिदाको दिन पठनपाठन हुने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण पुनले बताए ।

विद्यालयमा १७ जना शिक्षकले ३२० जना विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् । प्रावि तहको मात्रै स्थायी अनुमति पाएको विद्यालयमा आधारभूत र माध्यमिक तह भने अस्थायी अनुमतिकै आधारमा चल्दै आएको छ ।

पाँच जना स्थायी शिक्षक, आठ जना राहत कोटाका शिक्षक र बाँकी चार जना निजी स्रोतका शिक्षक राखेर पठनपाठन हुँदै आएको छ । कक्षा १ देखि १० सम्म सबै कक्षामा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने यो विद्यालयमा कुनै निजी विद्यालयको भन्दा कम नरहेको स्थानीय अभिभावक विष्णु कँडेलले बताए ।

कक्षा शिक्षकलाई मोबाइल खर्च

विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागी गराउनका लागि विद्यालयले कक्षा शिक्षकलाई अभिभावकसँग नियमित सम्पर्कमा रहन भनेको छ ।

कुनै दिन विद्यार्थी विद्यालय उपस्थित नभएमा कक्षा शिक्षकले नै अभिभावकलाई सम्पर्क गर्ने र विद्यार्थी अनुपस्थित हुनुका कारणबारे जानकारी लिने गरेको प्रअ मित्र ढकालले बताए ।

कक्षा शिक्षकलाई अभिभावक सम्पर्क खर्चका लागि मासिक रु ५०० खर्च विद्यालयले उपलब्ध गराउँदै आएको छ । विद्यार्थीले बहानाबाजी गरेर घरबाट विद्यालय हिँड्ने र विद्यालयमा उपस्थित नभई खेल्न गएको खण्डमा अभिभावकसँग सम्पर्क गर्दा जानकारी लिन सजिलो हुने गरेको उनले बताए ।

विद्यालयमा विद्यार्थीलाई केही समस्या आइपरेमा पनि कक्षा शिक्षकमार्फत अभिभावकलाई सम्पर्क गर्ने गरिएको छ ।

–तारानाथ आचार्य/रासस

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.