ऋतिक बने संसारको सबैभन्दा ‘ह्यान्डसम हिरो’, सातौं स्थानमा सलमान

ऋतिक बने संसारको सबैभन्दा ‘ह्यान्डसम हिरो’, सातौं स्थानमा सलमान

एजेन्सी, पुस २१
बलिउड सुपरस्टार ऋतिक रोशन संसारकै सबैभन्दा ‘ह्यान्डसम हिरो ’घोषित भएका छन् । उनी बलिउडमा मात्र नभइ हलिउडका एक्टर्सलाई समेत पछाडि पार्दै वर्ष २०१८ को दुनियाँको सबैभन्दा ह्यान्डसम र गुड लुकिङ सेलिब्रेटीको रुपमा चुनिएका छन् ।

हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूसलाई पछाडि छाड्दै पहिलो स्थान पाएको टाइम्स खबरले जनाएको छ ।

लिस्टमा बलिउडको एक नाम सामेल भएको छ । सलमान खान टप १० मा सातौं स्थानमा छन् । यसअघि सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।

२०१८ का संसारका १० ह्यान्डसम हिरोको लिस्टमा क्रमशः ऋतिक रोशन, ब्राड पिट, गाडफ्रे जीए ओ, रोबर्ट प्याटिनसन, डेनजेल वासिङटन, उमर बोरकान टू द गाला, सलमान खान, नूह मिल्स, टम क्रूज र प्रिन्स विलियम छन् । पहिला पनि २०११ र २०१२ मा ऋतिकले एशियाको ५० सबैभन्दा सेक्सी पुरुषको लिस्टमा टप पोजिसन कब्जा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.