एजेन्सी, पुस २१
बलिउड सुपरस्टार ऋतिक रोशन संसारकै सबैभन्दा ‘ह्यान्डसम हिरो ’घोषित भएका छन् । उनी बलिउडमा मात्र नभइ हलिउडका एक्टर्सलाई समेत पछाडि पार्दै वर्ष २०१८ को दुनियाँको सबैभन्दा ह्यान्डसम र गुड लुकिङ सेलिब्रेटीको रुपमा चुनिएका छन् ।
हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूसलाई पछाडि छाड्दै पहिलो स्थान पाएको टाइम्स खबरले जनाएको छ ।
लिस्टमा बलिउडको एक नाम सामेल भएको छ । सलमान खान टप १० मा सातौं स्थानमा छन् । यसअघि सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।
२०१८ का संसारका १० ह्यान्डसम हिरोको लिस्टमा क्रमशः ऋतिक रोशन, ब्राड पिट, गाडफ्रे जीए ओ, रोबर्ट प्याटिनसन, डेनजेल वासिङटन, उमर बोरकान टू द गाला, सलमान खान, नूह मिल्स, टम क्रूज र प्रिन्स विलियम छन् । पहिला पनि २०११ र २०१२ मा ऋतिकले एशियाको ५० सबैभन्दा सेक्सी पुरुषको लिस्टमा टप पोजिसन कब्जा गरेका थिए ।









