३ कक्षा पास गरे भत्ता पाइने, भत्ताकै आशले जान थाले विद्यालय

३ कक्षा पास गरे भत्ता पाइने, भत्ताकै आशले जान थाले विद्यालय

काठमाडौं : कक्षा तीनसम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ।

कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको छ।,याे खबर कान्तिपुर दैनिकमा छ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो। यस वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् ।

कक्षा तीन पास गरेका आक्रोश माझी, सीता माझी, निमा माझी, कृष्ण माझी र अञ्जना माझीले गते असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन्।

भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित आउने गरेका छन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.