विराटनगर : भारतीय आयल कर्पोरेशन बरौनी डिपोबाट लोड गरी आएको ट्यांकरबाट भएको तेल चोरी प्रकरणका छानविन प्रतिवेदन गुपचुप राखिएको छ । छानविनका क्रममा आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवको दोष देखिएपछि प्रतिवेदन गुपचुप राखिएको स्रोतले बताएको छ ।
तेल चोरी प्रकरणको छानविनका लागि गठन भएको समितिले बुझाएको प्रतिवेदनको आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक र ढुवानीकर्तालाई कारबाही गरिएपनि विवादास्पद छविका प्रादेशिक प्रमुखलाई उन्मुक्ति दिइएको हो ।
चारी प्रकरणको छानविनका लागि नेपाल आयल निगमका उपनिर्देशक अञ्जन पोखरेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । एकसाता लामो समय लगाएर अनुसन्धान गरी बुझाएको प्रतिवेदनको आधारमा व्यवसायी सुकदेव सिंहका १३ वटा ट्यांकरको ढ्वानी इजाजत खारेज गरेको छ भने धर्मेन्द्र स्वर्णकारलाई आजीवन ट्यांकर चलाउन प्रतिबन्ध लगाएको छ ।
तर तेल चोरी प्रकरणमा जोडिएका प्रादेशिक डिपो प्रमुख यादवलाई भने कुनै कारबाही भएको छैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।