एजेन्सी, पुस २३
स्पेनिस ला लिगा फुटबल अन्तर्गत स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाल गेटाफेलाई पराजित गरेको छ ।
आइतबार राति गटाफेको घरेलु मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । खेलको २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।
३९औं मिनेटमा अर्का फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झार्दै खेलमा फर्कने संकेत दिएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न नसक्दा बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता ५ अंक बनाएको छ । शीर्षस्थानको बार्सिलोनालेको १८ खेलबाट ४० अंक पुगेको छ ।
आइतबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड सेभिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।बराबरीपछि दोस्रो स्थानमा रहेको एट्लेटिको शीर्षस्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक रहेको छ