विपद् जोखिम न्युनिकरणमा प्रदेश सरकार संवेदनशीलःमुख्यमन्त्री राई

विपद् जोखिम न्युनिकरणमा प्रदेश सरकार संवेदनशीलःमुख्यमन्त्री राई

विराटनगर,पुस २३
प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ विपद्को जोखिममा उच्च स्थानमा रहेकाले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश सरकार संवेदनशील रहेको वताएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयले विराटनगरमा सामेबार आयोजना गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दे प्रदेश सरकारले समयमै ऐन कानुुन वनाएर जोखिम न्युुनिकरणको कार्यलाई अघि वढाएको बताए।

उनले ठूलाठूुला सडक पुुर्वाधार तथा वस्ति निमार्ण गर्दा आउन सक्ने जोखिमलाई ध्यान पुु¥याउदै विकास निमार्णका कामलाई अघि वढाउनुुपर्ने वताए। मुुख्यमन्त्री राईले जोखिम न्युुनिकरणका लागि तिनैतहको सरकारबीच समन्वय हुुनुु आवश्यक रहेकोमा जोड समेत दिए । कार्यक्रममा प्रदेश न १ का सभामुुख प्रदिप भण्डारीले राहत वितरण गरेर जोखिम न्युुनिकरण नहुुने भन्दै जोखिम आउन नदिन दिर्घकालीन योजना वनाउनुुपर्ने बताए ।

कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले सवै स्थानीय तहमा जोखिम न्युुनिकरण विपद् व्यवस्थापनका लागि अभियान संचालन गरेको वताए । उनले सरकारको एक्लो प्रयासवाट मात्र जोखिम न्युुनिकरण नहुुने भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताए ।

प्रदेश नम्वर १ का प्रमुुख सचिव केदार न्यौपानेले , जोखिम आउन् पुुर्व त्यसको न्युुनिकरण र व्यवस्थापनका लागी ठोस योजना वनाउनुुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सांशद, मन्त्रालयका सचिव, रेडक्रस तथा सुुरक्षा प्रमुुखहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपाली कांग्रेस संशदियदलका नेता राजिव कोइराला, नेपाल कम्युुनिष्टपार्टी नेकपाका उपनेता टंक आङवो, प्रदेश सांशद नवदिता चाौधरी, विमल कार्की तथा रेडक्रस झापाका सभापती लोकराज ढकालले जोखिम न्युुनिकरणकालागी प्रभावकारी कदम चाल्नुुपर्नेमा जोड दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.