विराटनगर महानगरको छोरी पढाउ अभियान,दम्पतिका छोरीका नाममा २५ हजार

विराटनगर महानगरको छोरी पढाउ अभियान,दम्पतिका छोरीका नाममा २५ हजार

विराटनगर,पुस २३
विराटनगर महानगरपालिकाले दोश्रो सन्तानपनि छोरी हुने चार दम्पतिका छोरीको नाममा २५, २५ हजार रुपैया बैंकमा बचत गरिदिएको छ । विराटनगर महानगरपालिकाको उपप्रमुख योजना अन्तर्गत नगर भित्रका पहिलो र दोश्रो सन्तान पनि छोरी भएमा दोश्रो सन्तान छोरीको पढाई खर्चका लागि उनको नाममा महानगरले २५ हजार रुपैयाँ बैकमा रकम वचत गरिदिएको हो ।

विराटनगर महानगरपालिकाले ग्लोबल आइएमी बैकमा २५ हजार रुपैया बचत गरिदिएको हो । कार्यक्रममा विराटनगर ५ की सुनिताकुमारी ठाकुर,सम्झना तामाङ,तारादेवी पोख्रेल र सेलीमाया मगरको दोश्रो सन्तान छोरीको नाममा आमा संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बैंकमा सो रकम वचत गरिदिएको हो । महानगरले दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि उनीहरुको नाममा बैकमा २५ हजार रुपैया वचत गरिदिने कार्यक्रम यसै आर्थिक बर्षबाट समावेश गरेको थियो ।

महानगरले अघिल्लो आर्थिक बर्ष छोरी बचाउन अभियान चलाएकोमा यसैबर्षदेखि छोरी पढाउ अभियानपनि त्यसै कार्यक्रममा समावेश गरेकोे हो ।महानगरमा छोरी बचाउ अभियानलाई भने निरन्तरता दिदै आएको छ । यो बर्षपनि महानगरले निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई नगद तीन हजारसहित सोमबार सम्मान गरेको छ । महानगरले छोरी बचाउ अभियान अन्तर्गत दम्पतिलाई नगदसहित सम्मान गरेको हो । महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुति गराउने आमाहरुलाई छोरी बचाउ अभियान रुपरुप महानगरले त्यस्ता दम्पतिलाई प्रोत्सान गर्ने अभियान ल्याएको थियो ।

महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियानका रुपमा ल्याएको हो । महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमित गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जन्माउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउ अभियान मार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको हो ।

जसका लागि त्यस्ता दम्पतीलाई निवेदन दिन महानगरले आग्रह गर्ने गरेको छ । सोही अनुरुप महानगरमा परेको निवेदनमा दम्पतिलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन । कार्यक्रममा मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउ अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले महानगरको यो अभियानलले समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा केही भएपनि परिर्वतन ल्याउन सकिनेमा आशावादी रहेको बताए । गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरले दिएको निश्चत मापदण्ड पूरा गरेका २ सय दम्पतिलाई छोरी बचाऔं अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.