एजेन्सी, पुस २४
७१ बर्षपछि भारतले अष्ट्रेलियन भुमीमा टेष्ट सिरीज जितेको छ । सन् १९४८ पछि अष्ट्रेलियन भुमीमा अष्ट्रेलिया विरुद्धको चार टेष्टको सिरीजमा भारत दुई एकले विजयी भएको छ ।
सोमबार चौथो तथा अन्तिम टेष्टमा बर्षाका कारण अष्ट्रेलियाको दोस्रो पारी बिथोलिएपछि खेल बराबरीमा सकियो । जसका कारण भारतले पहिलो पटक अष्ट्रेलियन भुमीमा टेष्ट सिरीज जित्न सफल भयो । सिरीज जित्नका लागि चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्वपुर्ण रह्यो ।
पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ६२२/७ को अवस्थामा पारी समाप्त गरेको थियो । भारतका लागि युवा विकेटकीपर ऋषव पन्त र चेतेश्वर पुजाराले् शतक प्रहार गरे । सानदार शतक प्रहार गरेका पन्त १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजीत रहे । त्यस अघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । उनले १ सय ९३ रनमा पेभिलिएन फर्किए ।
रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङस समाप्तीको घोषणा गरेको थियो । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७,हनुमा विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ रनको योगदान दिए ।
जवाफमा घरेलु टिम पहिलो पारीमा तीन सय रनमा अलआउट भयो । जसका कारण अष्ट्रेलियन ३१ बर्षपछि फलोअनमा पर्यो । दोस्रो पारीको सुरूवात गरेको उसले मात्र ६ रन बनाउदा लगातार बर्षा भएपछि खेल संभव भएन ।
अष्ट्रेलियाका लागि लाथन लायनले ४,जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो ।