युएई विरूद्दकाे एकदिवसिय र टी–२० सिरिजकाेलागि बुधबारबाट तयारी

युएई विरूद्दकाे एकदिवसिय र टी–२० सिरिजकाेलागि बुधबारबाट तयारी

काठमाडौँ, पुुस २४
युएई विरुद्ध हुने खेलका लागि नेपाली क्रिकेट टिमले बुधबारबाट बन्द प्रशिक्षण सुरू गर्ने भएको छ ।युएई विरूद्दको तीन एकदिवसिय र तीन टी–२० सिरिजका लागि क्रिकेट टिमले प्रशिक्षण सुरू गर्ने भएको हो । यो सिरीजका लागि नेपालले २० सदस्यीय प्रारम्भीक टोलीको छनौट गरिसकेको छ।

आगामी माघ ११ गते देखि २० सम्म हुने प्रतियोगिताका १४५ दिनको प्रशिक्षणपछि नेपाली टिम युएइ उड्नेछ । नेपाली टिमको तयारीको सुरूवाती केहि दिन कप्तान पारस खड्का र दिपेन्द्र ऐरी क्याम्पमा हुने छैनन् । एक्सपर्ट एजुकेसनको क्रिकेट फेस्टिबलका लागि अष्ट्रेलियामा रहेका उनीहरू जेनेवरी १२ तारिखमा नेपाल फर्किनेछन।

२० खेलाडीको सुचिबाट क्याम्पपछि १५ खेलाडी छनोट हुनेछन । नेपालले एकदिवसिय मान्यता पाएपछि तीन वटा अन्तराष्ट्रिय खेल खेलेको छ । यो सिरीजपछि नेपाल अन्तर्राष्ट्रिय एकदिवसिय बरियतामा समावेश हुने आईसीसीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.