काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले संसद्मा आफूले आइतबार प्रस्तुत गरेका तथ्यांक सही भएको जिकिर गरेका छन् ।
उनले संसद्मा सम्बोधन गर्दै सरकार बनेपछिको १० महिना तथा चालू आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका अधिकांश तथ्यांक गलत थिए, कतिपय तथ्यांक तोडमोड गरिएको थियो ।
सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो । तर, प्रधानमन्त्री ओलीले आफूले प्रस्तुत गरेका तथ्यांक नै सही भएको जिकिर गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ६८औँ वार्षिक साधारणभामा उनले झुटा आँकडा पेस नगरेको दाबी गरे । याे समाचार नयाँ पत्रिका दैनिकमा छ।