आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं , पुस २४
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त भएपछि रिक्त रहेको पदका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो । १२ जनाले आवेदन दिएकोमा मन्त्रालयले पौडेल सँगै अनिलकुमार झा र तारानाथ पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

चार्टर्ड एकाउन्ट्न्ट समेत रहेका पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले त्यहाँ तीन वर्षे कार्यकाल पूरा गरेका छन् । आर्थिक अनियमितताको आरोप लागेपछि बर्खास्तगीमा परेका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.