विराटनगर, पुस २४
चिसो बढेसंगै मोरङको धनपालथान गाउँपालिकाको कदमाहा स्थित मुसहर बस्तीका ७ दर्जनभन्दा बढी विपन्न परिवारलाई मंगलबार सिरक वितरण गरिएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय रंगेलीको समन्वयमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीको प्रमुख आतिथ्यमा सिरक वितरण गरिएको हो ।
गोर धनदास कमलावती परोपकारी प्रतिष्ठान (विशाल ग्रुप) को सहयोगमा धनपालथान कदमाहा ७ स्थित मुसहर बस्तीका गरीव तथा विपन्न ८८ परिवारलाई सिरक वितरण गरिएको प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए । जाडोमा सिरक पाएपछि मुसहरहरुले खुशी ब्यक्त गरेका छन ।