बढ्याे अख्तियारकाे सक्रियता : गाेपाल खड्कापछि सहसचिव चन्द्रमानविरुद्ध मुद्दा

बढ्याे अख्तियारकाे सक्रियता : गाेपाल खड्कापछि सहसचिव चन्द्रमानविरुद्ध मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.