डा. केसीको १६ औं अनशन सुरु

डा. केसीको १६ औं अनशन सुरु

इलाम ,पुस २६

सरकारले आफुलाई धोका दिएको बताउँदै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबार पाँच बजे १६ औं अनशन सुरु गरेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा. गोविन्द केसीले अनशनको तयारी सुरु गरेका थिए। त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै दिउँसोसम्म पर्खेका थिए।

अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले सरकारले आफुलाई धोका दिएको बताए। उनले भने, ‘सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस्।’

उपसिमितले प्रस्ताव गरेको बिधेयकमा आफुसँग सरकारले गरेको सम्झौतालाई वेवास्ता गरेकाले अनशन बस्ने बताउँदै आएका उनले समितिले त्यही प्रस्ताव पारित गरेपछि अनशन सुरु गरेका हुन्।(कान्तिपुरबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.