ईलाम, पुस २६
ईलामको फाकफोकथुम गाउँपालिका–१ खाम्बाङका खड्ग बहादुर तामाङको घरमा आगलागी हुँदा ६१ लाख ७३ हजार रुपँया बराबरको क्षति भएको छ ।
बुधवार बिहान तामाङको २ तले पक्की घरमा ग्यास लिक भई अचानक आगलागी हुँदा घरमा रहेको सुन,चादी, अलैची, पेट्रोल,अन्नपात, लताकपडा, भाडावर्तन, काठपात, किराना पसलको सामान, नगद एक लाख रुपैँयागरि अन्दाजी ६१ लाख ७३ हजार रुपैँया बराबर को क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
उक्त आगलागी प्रहरी चौकी आमचोक, एकतप्पाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।