वीरगन्ज,पुस २५
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरवागीले बालबालिका बीच शिक्षामा रहेको समानतालाई न्युनिकरण गरेमात्र समाजको विकास हुने धारणा व्यक्त गरेका छन् ।
शिक्षामा बालबालिकाको हक र समानताको अधिकार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सरावगीले यस्तो घारणा व्यक्त गरेका हुन् ।
उनले समाजमा बिकृतिको रुपमा रहेको बालबालिका बीचको बिभेदलाई न्युनिकरण गर्न जनचेतना फैलाउनुको साथै अभिभावकलाई दण्डित गर्ने कानुनै बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नगर प्रमुख सरावगीले पहुँच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालयमुखी बनाउन दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना बनाईरहेको बताए ।