शिक्षामा रहेको असमानतालाई न्युनिकरण गर्न वीरगन्ज महानगर जुट्दै

शिक्षामा रहेको असमानतालाई न्युनिकरण गर्न वीरगन्ज महानगर जुट्दै

वीरगन्ज,पुस २५
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरवागीले बालबालिका बीच शिक्षामा रहेको समानतालाई न्युनिकरण गरेमात्र समाजको विकास हुने धारणा व्यक्त गरेका छन् ।

शिक्षामा बालबालिकाको हक र समानताको अधिकार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सरावगीले यस्तो घारणा व्यक्त गरेका हुन् ।

उनले समाजमा बिकृतिको रुपमा रहेको बालबालिका बीचको बिभेदलाई न्युनिकरण गर्न जनचेतना फैलाउनुको साथै अभिभावकलाई दण्डित गर्ने कानुनै बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख सरावगीले पहुँच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालयमुखी बनाउन दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना बनाईरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.