एजेन्सी, पुस २७
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ ।खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो ।
लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे भने पराजित टिम बार्सिलोनाका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए ।घरेलु टोलीले खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले रुवेन रोचिनाको पासमा गोल गरेका थिए ।
१४औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो । मायोरलले इमान्युयल बोएटिङको पासलाई गोलमा परिणत गरेका थिए ।
२ गोलले पछि परेपछि बार्सिलोनाले खेल सकिन पाँच मिनेट बाँकी रहँदा फिलिपे कौटिन्होले पेनाल्टीमार्फ गोल अन्तर घटाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।