ब्याट्री पड्केर मृत्यु भएका बालकका परिवारलाई रु.१ लाख सहयोग

ब्याट्री पड्केर मृत्यु भएका बालकका परिवारलाई रु.१ लाख सहयोग

विराटनगर,पुस २८

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनीमन्त्री हिक्मत कार्कीले ब्याट्री पड्केर शुक्रबार मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले रु एक लाख राहत प्रदान गर्ने घोषणा गरेका छन् ।

उनले शुक्रबार कोशी अञ्चल अस्पताल पुगी मृतकका परिवारलाई तत्काल राहतस्वरुप रु २५ हजार प्रदान गर्नुका साथै घाइते भएकी छ वर्षीया राधिका मण्डलको सरकारले निःशुल्क उपचार गर्ने बताए ।

विराटनगर–१५ स्थित रामजानकी टोलमा आज सुवास मण्डलका ११ वर्षीय छोरा अमितको आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको थियो ।

विष्फोटमा परी सोही ठाउँका राजेश मण्डलका छ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । निजको दुवै आँखाको पहिलो पत्र जलेकाले विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.