विराटनगर, पुस २८
मोरङको बिराटनगर महानगरपालिका–१२ बाट ठुलो परिणामको लागू औषध सहित १ जनालाई पक्राउ गरिएको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप–महानगरपलिका–१५ का ४५ बर्षीय दिप बस्नेतलाई ३८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाईलक्स डिसी सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।
को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो । लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।