फूलचोकी जंगलमा हराएका १६ जनाको रातारात उद्दार

फूलचोकी जंगलमा हराएका १६ जनाको रातारात उद्दार

काठमाडौं, पुस २९
फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए । आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए ।

त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीका ७ वटा टोलीले हराएकाहरुको खोजी गरेको थियो ।

हराएका युवायुवतीलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फूलचोकी जंगलको बीचमा खोंचमा भेटिएको ललितपुरका एसपी शेखर खनाालले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले उद्दार गरेर राति १० बजे महानगरीय प्रहरी प्रभाग बाडेगाउँ ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

आठ जनाको समूहमा घुम्न निस्किएका उनीहरु बाटो बिराएर जंगलमै अलपत्र परेका थिए। जाडोले कामिरहेको अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले अभिवावकको जिम्मा लगाएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.