जनकपुर, पुस २९
जनकपुरकी पुजा दास मुस्कानले प्रतिभाशाली कलाकारको रुपमा आफूलाई स्थापित बनाउदै लगेकी छन । तराई मधेसबाट अहिले आफनो प्रतिभालाई देखाउन आटका साथ सिने क्षेत्रमा क्रियाशिलता देखाउदै छिन । सानै उमेरदेखि कला क्षेत्रमा आफनो प्रतिभा देखाउन पुजाले कला क्षेत्रमाप्रवेश गरेकी हुन् ।
कला क्षेत्रमाप्रवेश संगै उनले प्रतिभा देखाउदै आएकी छन् । सिने क्षेत्रमा मधेसका प्रतिनिधित्व थोरै रहेको अवस्थामा मधेसका दास समुदायबाट कला क्षेत्रमा प्रवेश गर्ने उनी पहिलो कलाकार बन्न चाहान्छिन । श्रीरामशरण दास र चन्द्रकलादासकी कान्छी छोरी पुजाले कला क्षेत्रलाई नै आफनो व्यवसाय बनाएकी छन् ।

सानै उमेरदेखि यस क्षेत्रमा रुचि रहेको कारणले अहिले आफनो क्षमताको कारणले मधेसको पहिचानलाई स्थापित गराउन उनी क्रियाशिल छिन् । मधेसका महिलाहरु कला क्षेत्रमा कमै मात्र रुचि राख्ने अहिलेको बर्तमान अवस्थामा उनले मधेसका महिलाले समेत सिने क्षेत्रमा आफनो प्रतिभा देखाउन सक्छन भनेर प्रमाणित गराउन चाहान्छिन् ।

नेपाली कथानक चलचित्र भिमसेनबाट चलचित्र नगरीमा प्रवेश गरेकी उनले सानैदेखि ठूलो पर्दामा आउने सपना रहेको बताइन् । समाजमा देखिएको विभेदलाई कला संस्कृतिबाट उजागर गर्न सकिन्छ र आफू भित्रको कलालाई समेत आम समुदायमार्फत उजागर गर्न सकिन्छ भन्ने उदेश्यले आफू कला क्षेत्रमा लागेको पुजाको कथन रहेको छ ।
उनले पहिलो चलचित्र नेपाली ‘भीमसेनमा नायिकाको साथीको भुमिकामा सहनायिकाको प्रस्तुत भएकी छन् ।









