घुरबाट आगलागी : २ लाखको क्षति

घुरबाट आगलागी : २ लाखको क्षति

विराटनगर, पुस ३०
मोरङको जहदा गाउँपालिका–३ बस्ने मंगल साहको गोठमा गएराती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती साढे १२ बजेको समयमा टिनको छानो भएको १ तले गोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा गोठमा भएको काठपात र अन्नपात जलेर नष्ट भएको छ ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.