नवीनतम् काँग्रेस छिट्टै जनतामाझ आउँछ : जोशी

नवीनतम् काँग्रेस छिट्टै जनतामाझ आउँछ : जोशी

विराटनगर, पुस ३०
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ काँग्रेस जनतामाझ आउने पनि बताए ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भने,‘इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ ।’

उनले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताए । महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरंस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो ।

अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । भने,‘भ्रष्टचार नभएको क्षेत्र छैन् । जताजतै विकृति छ ।’ उनले काँग्रेस आफू लोकतान्त्रिक भएकै कारण अरु पार्टीहरुले पनि लोकतान्त्रिक हुने अवसर प्राप्त गरेको चर्चा गरे ।

निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्री नै आर्थिक सूचकका गलत तथ्यांक सम्प्रेषण गर्नमा व्यस्त हुनुहुन्छ । यो संस्थागत रुपमा आफू ठिक छु भनेर भ्रम छर्नका लागि मात्रै हो ।’ वाइडबडीमा आफ्नो पार्टीका जोकोही परेपनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढंगले आए आफूहरुलाई त्यो मान्य नहुने जोशीको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.