निर्मला पन्तको हत्या प्रकरणमा आधारित चलचित्र ‘कोपिला’को छायांकन सम्पन्न

निर्मला पन्तको हत्या प्रकरणमा आधारित चलचित्र ‘कोपिला’को छायांकन सम्पन्न

काठमाडौँ, माघ १
कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बढी भइसकेको छ । तर त्यस घटनाका दोषी पत्ता लागिसकेको छैन । यसबीच, निर्मला पन्त हत्या प्रकरणको वास्तविक घटनामा आधारित भएर नेपाली फिल्म ‘कोपिला’ निर्माण भएको छ । एक महिनादेखि चलिरहेको फिल्मको छायांकन हालै सम्पन्न भएको छ ।

यसअघि प्रदर्शनमा आएको चलचित्र ‘पञ्चायत’ का निर्देशक शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका छन् । करीब ८० लाखमा निर्माण सम्पन्न भएको सो चलचित्रको कथा शिवम स्वयंले लेखका हुन् । निर्देशक अधिकारीका अनुसार फिल्मले निर्मला पन्तको बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था चित्रण गरिएको छ । फिल्मको प्रमुख पात्र निर्मला अर्थात् टाइटल क्यारेक्टरमा सञ्जीवनी खरेललाई कास्ट गरिएको छ ।

फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । ‘कोपिला’ मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । कलाकार गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुबाशराज काफले, सह–निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायांकार रामेश्वर कार्की रहेका छन । ‘कोपिला’ मा छायांकार शिब शरण न्यौपाने, मुख्य साहायक निर्देशक राम बाबु खड्का, संगीत दिपक शर्माको रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.