रामबहादुर बमजनमाथि समाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाए – बोधी श्रवण धर्म संघ

रामबहादुर बमजनमाथि समाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाए – बोधी श्रवण धर्म संघ

काठमाडौँ, माघ १
बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि आश्रममै आनीहरुलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आईरहेकोमा आपत्ति जनाएको छ ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दाबीसमेत गरेको छ । करोडौं जनताको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरुलाई हत्या, बलात्कार र वेपत्ता पारेको भनि आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङ्गले दावी गरे ।

उनले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरु बारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनाए । आफूहरुको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कारलगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दावी छ ।

संघले आफ्ना गुरु बमजनमाथि मुलुकमा समाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.